पेट्रोलको मूल्य २ रुपैयाँ २८ पैसाले बढ्यो,डिजल र मट्टीतेलको घट्यो


  • दिव्यदर्शन
  • सोमबार, पुष १ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य बढाएको हो ।त्यस्तै, डिजल र मट्टीतेलको मूल्य भने घटाइएको छ ।इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलमा २ रुपैयाँ २८ पैसा बढेर र डिजलमा १ रुपैयाँ ४८ पैसा घटेर आएको निगमले जनाएको छ ।निगमको संचालक समितिको निर्णयअनुसार पेट्रोलमा २ रुपैयाँ बढाइएको छ भने डिजल र मट्टीतेलमा २ रुपैयाँ घटाइएको छ ।खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५९ रुपैयाँ ५० पैसा पर्नेछ । यी स्थानमा डिजल र मट्टीतेलको मूल्य १४८ रुपैयाँ ५० पैसा कायम भएको छ ।दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजल र मट्टीतेलको मूल्य १५० रुपैयाँ पर्नेछ ।योसँगै तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायल डिपो अन्तर्गतका पम्पमा पेट्रोलको मूल्य १६२ रुपैयाँ पर्नेछ । यी क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web