खनियावासमा लैंगिक हिंसा विरुद्धको सचेतनामूलक कार्यक्रम संचालन


  • दिव्यदर्शन
  • सोमबार, मंसिर २४ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, २४ मंसिर ।

खनियावास गाउँपालिका वडा नं २ मा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत एकदिने सचेतनामूलक कार्यक्रम संचालन गरिएको छ ।

गाउँपालिकाको आयोजना तथा प्रयास नेपाल धादिङको सहकार्यमा एकदिने सचेतनामूलक कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा लैंगिक हिंसाका कारण, प्रभाव र रोकथामका उपाय र सिफारिस प्रणाली बारे छलफल गरिएको लैगिक सहायक शर्मिला गुरुङले बताउनुभयो । कार्यक्रममा धादिङ र खनियावास गाउँपालिकामा महिलाहरुको अवस्था ,सवाल तथा बालविवाह अवस्था ,असर र लैंगिक हिंसाका कारण, हिंसाले पार्ने असर, तथा यसलाई रोक्न व्यक्तिहरु, महिला समूह, बाल क्लब, सामाजिक कार्यकर्ता, वडा कार्यालय, महिला तथा बालबालिका शाखा र कार्यपालिकाको भूमिका बारेमा अन्तरक्रिया गरिएको गुरुङले बताउनुभयो ।

कार्यक्रममा प्रयास नेपालका कार्यकारी निर्देशक तथा सहजकर्ता रेनुका रुपाखेती, लैंगिक सहायक शर्मिला गुरुङ र खनियावास गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सन्ध्या उपाध्यायले सहजीकरण गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा सहभागीहरुले सामुदायिक प्रतिबद्धता व्यक्त गर्दै, म हिंसा गर्दिन, म हिंसा सहदिन, र हिंसा भएको देखेमा प्रतिकार गर्नेछु भनी हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web