धादिङ, २० मंसिर ।
सिद्धलेक गाउँपालिकामा एकीकृत घुम्ती शिविर संचालन भएको छ ।
मंगलबार सिद्धलेक गाउँपालिकाको आयोजनामा वडा नं २ खिर्रे स्थित नलाङ पात्ले माध्यमिक विद्यालयमा घुम्ती शिविर संचालन भएको हो ।
शिविरमा स्वास्थ्य जाँच, औषधी वितरण, मातृ तथा बाल स्वास्थ्य परामर्श, कोभिड खोप, अपाङ्गता परिचय पत्र वितरण, जेष्ठ नागरिक कार्ड वितरण, सिफारिस, कृषक समुह नविकरण तथा कृषक समुह दर्ता लगायतका सेवा प्रदान गरिएको थियो ।
त्यस्तै कृषि र पशुपालनसँग सम्बन्धित परामर्श, रोग नियन्त्रणका उपाय र आधुनिक खेती प्रणालीबारे जानकारी समेत दिएको थियो ।
शिविरबाट ४ सय ६५ जनाले सेवा लिएको सुचना प्रविधि अधिकृत राम कुमार अधिकारीले जानकारी दिनुभयो । शिविरमा पशु शाखाबाट १ सय १२ जना, कृषि शाखाबाट ६१ जना, स्वास्थ्य शाखाबाट १ सय ६५ जनाले स्वास्थ्य परिक्षण गराएका छन् भने १ सय ५ जनाले कोभिड खोप लगाएका छन् । त्यसैगरी ४ जनालाई अपाङगता परिचय पत्र, १ जनालाइ जेष्ठ नागरिक कार्ड वितरण गरिएको छ । अधिकारीका अनुसार वडा नं २ का १२ जनाले सिफारिस र वडा नं २ का ५ जनाले कृषक समुह नविकरण तथा कृषक समुह दर्ता गराएका छन् ।
शिविरमा गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले नागरिकलाई घर दैलोमै आवश्यक सेवा पु¥याउने, समय र खर्च बचत गर्दै स्थानीय तहको सेवामा पहुँच वृद्धि गर्ने तथा समुदायमा जनचेतना फैलाउने उद्धेश्यका साथ घुम्ती शिविर संचालन गरिएको बताउनुभयो ।
उहाँले यस प्रकारका कार्यक्रमले जनताको समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै भविष्यमा पनि यस्ता शिविरलाई निरन्तरता दिने योजना रहेको जानकारी दिनुभयो ।
त्यस्तै उपाध्यक्ष सविता अर्यालले पालिका सम्म धाउनुपर्ने बाध्यता कम गर्नको लागि गाउँ स्तरमै एकिकृत घुम्ती शिविर संचालन गरीएको जानकारी दिनुभयो ।