धादिङ, १५ मंसिर
आज बालाचर्तुदशी पर्व मनाइँदै छ ।
शुक्रबार त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज बिहानै नदीमा दीप सेलाएर पितृको सदगतिको कामना गर्दै शतबीज छर्दै छन् ।
शिवालयहरुमा रातभर बत्ती बालेर जाग्राम बसेका भक्तजनले आजको दिन बिहान दिवंगत पितृको सदगतिको कामना गर्दै शतबीज छर्ने चलन छ ।
यस अवसरमा धादिङको पशुपति मन्दिर लगायत देशभरका शिवमन्दिरमा शुक्रबार देखि नै भक्तजनको भीड लागेको छ ।