धादिङमा नेपाल विद्यालय खेलकुद महासंघ जिल्ला संघ गठन,अध्यक्षमा शान्तबिक्रम बानियाँ


  • दिव्यदर्शन
  • बिहिबार, मंसिर १३ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
धादिङमा नेपाल विद्यालय खेलकुद महासंघ जिल्ला संघ गठन भएको छ ।आज बिहिबार केन्द्रिय निर्वाचन प्रतिनिधी अमृत तामाङको संयोजकत्व र जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा चिल्ड्रेन पार्क बोर्डिङ स्कुलको तर्फबाट शान्तबिक्रम बानियाँको अध्यक्षतामा १३ सदस्यीय समिती गठन गरेको हो ।

जसको उपाध्यक्षमा अमृत गुरुङ(तिलक) नलाङ्ग पात्ले मा.वि. र महेन्द्र तामाङ नीलकण्ठ माध्यमिक विद्यालय, सचिवमा उत्तम भट्ट नीलकण्ठ माध्यमिक विद्यालय र कोषाध्यक्षमा भिम श्रेष्ठ एडभान्स एकेडेमी निर्वाचित हुनुभएको हो ।यस्तै सदस्यहरुमा उत्तम श्रेष्ठ गैरी गाउँ माध्यमिक विद्यालय, गोकर्ण अधिकारी देउराली माध्यमिक विद्यालय, सबिना श्रेष्ठ सान्कोश माध्यमिक विद्यालय, बिनोद थापा न्यू किबो बोर्डिङ, राम बहादुर भण्डारी धादिङ बोर्डिङ, रबिना कार्की चिल्ड्रेन पार्क, हरि बहादुर श्रेष्ठ पन्चकन्या माध्यमिक विद्यालय, प्रकाश भण्डारी ब्राइट फ्यूचर चयन भएका छन् । उक्त भेलाले केन्द्रिय महाधिवेशन प्रतिनिधीको रुपमा अमृत तामाङलाई निर्विरोध रुपमा चयन गरेको छ ।खेल क्षेत्रलाई विकास र प्रवर्दन गर्न स्थानीय तहसंग समन्वय गर्दै धादिङका १३ वटै स्थानीय तहका विद्यालयहरुमा खेलकुदको गतिविधीलाई सकृय र व्यवस्थित बनाउँदै विद्यालयस्तरबाटै प्रतिभावान खेलाडीहरु उत्पादनका लागि विद्यालय खेलकुद महासंघ धादिङले कार्य सञ्चालन गर्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web