धादिङ, १२ मंसिर ।
गजुरी गाउँपालिका वडा नं १ मा रहेको पत्तालिनी आधारभूत विद्यालयका बालबालिकाहरुलाई खेलकुद सामग्री तथा न्यानो कपडा वितरण गरिएको छ ।
गाउँपालिकाको तर्फबाट ५० हजार बराबरको विभिन्न खेलौना सामग्रीहरुका साथै दाताहरुबाट प्राप्त ८० हजार बराबरको १ सय ६४ थान न्यानो कपडा वितरण गरिएको पत्तालिनि आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुधिर खरेलले जानकारी दिनुभएको छ ।
गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले यस्ता अभियानले विपन्न समुदायका बालबालिकाहरुको लागि साहाराको स्रोतमा रुपान्तरण हुने बताउनुभयो । त्यस्तै उहाँले शैक्षिक विकासमा विद्यालय र शिक्षकको मात्र नभई अभिभावकको पनि भुमिका महत्वपुर्ण हुने बताउनुभयो । आउँदा दिनहरुमा राम्रो काम गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।