दोस्रो सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला २०८१ आजदेखी शुरु,मंसिर १५ सम्म चल्ने-DDTV HD


  • दिव्यदर्शन
  • बुधबार, मंसिर ५ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.२ सल्यानटारमा दोस्रो सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला २०८१ आजदेखी शुरु भएको छ।हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा स्थानिय श्रोतको प्रर्वद्धन गरौं, देश विकासमा टेवा पुुर्याऔंं भन्ने मूल मर्मका साथ आजदेखी कृषि प्रदर्शनी तथा व्यापार मेला सुरु भएको हो।सो मेलाको बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले उद्घाटन गर्नुभएको छ।स्थानिय कृषि उपजहरुलाई प्रर्वद्धन तथा बजारीकरणमा टेवा पुग्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको सहकारी संस्थाका अध्यक्ष सुरेश श्रेष्ठले बताउनुभयो।सल्यानटार पर्यटकिय, धार्मिक तथा ऐतिहासिक तवरले मात्र प्रख्यात नभई कृषि जन्य उत्पादनको पनि प्रवल सम्भावना रहेको क्षेत्र हो ।मंसिर १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिव एक लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web