धादिङ, २८ कार्तिक ।
धादिङमा परिवार नियोजन सम्बन्धी महिला तथा पुरुषहरुको लागि स्थायी तथा अस्थाई घुम्ती शिविर संचालन हुने भएको छ ।
जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा र स्थानीय तहहरुको समन्वयका साथै मेरीस्टोप्स ( सुनौलो परिवार नेपाल) काठमाण्डौँको प्राविधिक सहयोगमा स्थायी तथा अस्थाई घुम्ती शिविर संचालन हुने भएको छ ।
शिविरमा भ्यासेन्टोमी, मिनिल्याप बन्ध्याकरण तथा आईयुसिडि राख्ने र झिक्ने सेवा प्रदान गरिने जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
मंसिर ७ गते बेनिघाट रोराङ गाउँपालिकाको बेनीघाट आधारभुत अस्पतालमा, ८ गते नीलकण्ठ नगरपालिकाको धादिङ अस्पताल एम.सि.एच क्लिनिकमा, ९ गते त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा, ११ गते सिद्धलेक गाउँपालिकाको आदमटार आधारभुत स्वास्थ्य केन्द्रमा सेवा प्रदान गरिने छ ।
त्यस्तै १२ गते गल्छी गाउँपालिकाको बैरेनी अस्पतालमा, १३ गते थाक्रे गाउँपालिकाको महादेवबेशी स्वास्थ्य चौकीमा र १४ गते धुनिबेशी नगरपालिकाको नौबिसे स्वास्थ्य चौकीमा घुम्ति शिविर संचालन गरी सेवा प्रदान गरिने छ ।
सन्तानको रहर पुगिसकेको र आफ्नो सन्तानको भविष्यको लागि गर्भान्तर र जन्मान्तर गर्न चाहने दम्पत्तीहरुलाई पायक पर्ने स्थानमा सम्पर्क गरी सेवा लिन पनि जनस्वास्थ्य कार्यालय धादिङले अनुरोध गरेको छ ।