धादिङ, २२ कार्तिक ।
धार्के–ठुलोखोला सडक खण्ड स्तरोन्नतिका लागि १५ दिन बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले एक सुचना जारी गर्दै भोलि अर्थात् कार्तिक २३ गते देखि धार्के–ठुलोखोला सडक खण्ड अन्र्तगतका सडकमा बाँकी रहेका कालो पत्रे गर्ने काम सम्पन्न गर्न बन्द हुने जनाएको हो ।
उक्त सडक खण्डमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र हलुका सवारी साधन (चार पाङ्ग्रे) बाहेकका सबै प्रकारका सवारी साधनहरुलाई पुर्ण रुपामा रोकिने हुँदा वैकल्पिक मार्ग प्रयोग गर्नुहुन सम्बन्धित सरोकारवालाहरुको जानकारीको लागि सुचना प्रकाशित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभएको छ ।
त्यस्तै वैकल्पिक मार्गको रुपमा गल्छी विदुर छहरे टोखा वा धार्के नौबिसे नागढुंगा सडक प्रयोग गर्न सक्ने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।