
धादिङ, १४ कार्तिक ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ५ खाल्टेमा ऐतिहासिक श्रीमद् भागवत सप्ताह धनधान्याञ्चल बिराट ज्ञान महायज्ञ एवम् शैक्षिक तथा धार्मिक महामहोत्सव हुने भएको छ ।
खाल्टे देउरालीमा अवस्थित श्री मनकामना देवी आधारभूत विद्यालयमा प्राविधिक शिक्षालयको स्थापना एवम् शैक्षिक उन्नयन गर्ने उद्देश्यले यहि कात्तिक २९ गतेदेखि मंसिर ७ गतेसम्म महोत्सवको आयोजना गरिएको हो ।
ऐतिहासिक श्रीमद् भागवत सप्ताह धनधान्याञ्चल बिराट ज्ञान महायज्ञ एवम् शैक्षिक तथा धार्मिक महामहोत्सव मूल समारोह समितिको आयोजनामा हुने महामहोत्सवमा पण्डित श्री विजय सिग्देलको मुखारविन्दुबाट कथा वाचन हुने भागवत संयोजक कपिल भट्टले जानकारी दिनुभयो । त्यस्तै महोत्सवबाट विद्यालयमा गुणस्तरिय शिक्षामा सहयोग पुग्ने र यो धार्मिक तथा सामाजिक कार्यमा सबैले सहयोग गर्नुहुने अपेक्षा गरेको बताउनुभएको छ ।