बुङचुङमा संचालन भएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा २९ लाख ५० हजार संकलन


  • दिव्यदर्शन
  • आइतबार, कार्तिक ११ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, ११ कार्तिक ।

सिद्धलेक गाउँपालिकाको बुङचुङमा संचालन भएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा २९ लाख ५० हजार रकम संकलन भएको छ ।

विश्व भागवत धाम कोष,नेपाल उत्तम फाउण्डेशनको आयोजनामा गत शुक्रबारदेखि संचालन भएको महायज्ञमा २९ लाख ५० हजार रकम संकलन भएको बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले जानकारी दिनुभएको हो।

शनिबार अभिषेक, पूर्णाहुती, शान्तिकलश वितरण, दाता सम्मान गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले महायज्ञको समापन गर्नुभएको थियो ।

गाउँपालिकाको वडा नं–६ स्थित परेवाटारमा बन्दै गरेको धामको प्रचार प्रसार र सहयोगार्थ आयोजना गरिएको जिल्लास्तरीय १३ वटै स्थानीय तहहरुमा आयोजना गरिने जिल्ला व्यापी अनुष्ठान अन्र्तगत बुङचुङमा अनुष्ठान भएको हो । अब बाँकी पालिकामा क्रमश हुँदै जाने बालतपस्वी भट्ट जानकारी दिनुभयो ।

यसअघि २०७९ माघमा वडा नं ६ परेवाटारमा भएको श्रीमद भागवत सप्ताह धनधाञ्यचल ज्ञान महायज्ञमहायज्ञबाट १ करोड ३४ लाख ४४ हजार रकम संकलन भएको थियो ।

राष्ट्र शान्ती एवं धादिङ जिल्लाका समस्त मानव कल्याण, सनातन धर्मको संरक्षण साथै सिद्धलेक गाउँपालिका भित्र दुर्घटना, भूकम्प लगायत विभिन्न प्राकृतिक प्रकोपबाट ज्यान गुमाउनुभएका समस्त आत्माहरुको शान्ती र पितृ उद्धारार्थ कामनाको हेतुले परेवाटारमा धाम बन्दै गरेकोले जिल्ला व्यापी अनुष्ठान आयोजना गरिने बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web