
धादिङ, ०६ कार्तिक ।
धुनिवेशी नगरपालिकाले सामुदायिक कुकुर बन्ध्याकरण गर्ने भएको छ ।
धुनिवेशी नगरपालिका पशुपन्छी विकास शाखाद्वारा सामुदायिक÷छाडा कुकुरहरुको संख्या नियन्त्रण गर्ने उद्देश्यले ७ गते बुधबार देखि ९ गते शुक्रबारसम्म कुकुर बन्ध्याकरण गर्ने भएको हो ।
नगरपालिकाले एक सुचना जारी गर्दै नगर कार्यपालिकाको कार्यालय जुगेडी परिसरमा भाले तथा पोथी सामुदायिक÷छाडा कुकुरहरुको बन्ध्याकरण गर्ने कार्यक्रम राखेको जनाएको छ ।
त्यस्तै सामुदायिक कुकुर बन्ध्याकरण गर्ने कार्य संचालनमा आवश्यक सहयोग गरिदिन तथा सम्पुर्ण सरोकारवालाहरूको जानकारीका लागि सूचना प्रकाशन गरिएको नगरपालिकाले जनाएको छ ।