बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १ सय ९२ पुग्यो


  • दिव्यदर्शन
  • सोमबार, असोज १४ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, १४ असोज ।

अविरल वर्षाले निम्त्याएको प्रकोपबाट ज्यान गुमाउनेको संख्या १ सय ९२ पुगेको छ ।

विपदमा परेर कम्तीमा ३१ जना बेपत्ता छन् । बाढीपहिरोमा परेका ३७ सय ५ जनाको उद्धार गरिएको छ ।

गृह मन्त्रालयको आज बिहानसम्मको विवरणअनुसार विपदमा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ५० जनाले ज्यान गुमाएका छन् । अझै १० जना बेपत्ता रहेका छन् । धादिङमा ३९ जनाले ज्यान गुमाएका छन् । ललितपुरमा ३३, काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १०, मकवानपुर र दोलखामा ७÷७ जनाको मृत्यु भएको छ । भक्तपुर, पाँचथर र सोलुखुम्बुमा ५÷५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २÷२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १÷१ जनाको मृत्यु भएको छ । पहिरोमा परी प्रमुख सेनानी (कर्णेल) मिलन केसीको पनि ज्यान गएको छ ।

झ्याप्ले खोला खण्डमा मात्र पहिरोले बस र माइक्रोबस पुर्दा ३५ जनाको मृत्यु भएको छ । घाइते भएका ९६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बाढीपहिरो र डुबान÷कटानका कारण विभिन्न जिल्लामा रहेका १४ वटा पक्की र झोलुंगे पुल बगेका छन् । ३ हजार २ सय ९९ घर र १८ गोठ क्षतिग्रस्त भएका छन् । बाढीपहिरोमा २ सय ७२ वटा पशु÷चौपाया मरेका छन् ।

काठमाडौं उपत्यकामा मात्र बाढी पहिरोले ३ सय २२ घरमा क्षति पुगेको छ । २९ वटा प्रहरी कार्यालय, ६ वटा अन्य सरकारी कार्यालय र विभिन्न राजमार्ग ७५ स्थानमा भत्किएको गृहको तथ्यांक छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web