धुनिबेशीले रेविज विरुद्धको खोप लगाउने कार्यक्रम गर्दै


  • दिव्यदर्शन
  • बुधबार, असोज ९ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, ०९ असोज ।

धुनिबेशी नगरपालिकाले १ दिने निःशुल्क एन्टिरेविज विरुद्धको खोप कार्यक्रम संचालन गर्नेे भएको छ ।

१८ औँ विश्व रेविज विरुद्धको दिवसको अवसरमा “अवरोध हटाऔं, रेबिज उन्मूलन गरौं” भन्ने नाराका साथ नगरपालिकाको पशुपन्छी विकास शाखाद्धारा असोज १० गते बिहिबार खोप कार्यक्रम संचालन गर्ने भएको हो ।

खोप कार्यक्रम अन्र्तगत वडा नं १ को भञ्ज्याङ पोखरी, वडा नं २ को रातामाटे, वडा नं ३ को रमाइलोचौर, वडा नं ४ को जीवनपुर र वडा नं ५ को अमलेचौरमा कार्यक्रम संचालन गरिने नगरपालिकाले जनाएको छ ।

त्यस्तै वडा नं ६ को गौचरन, वडा नं ७ को खानीखोला, वडा नं ८ को मछिन्द्रा थान र वडा नं ९ को टायलघरमा कार्यक्रम संचालन गर्ने भएको छ ।

त्यस्तै असोज ११ गते शुक्रबार कार्यलय समय भित्र नगर कार्यपालिकाकोे कार्यालय जुगेडीमा खोप कार्यक्रम संचालन गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web