नौबिसे नागढुङ्गा सडकखण्ड सञ्चालनमा


  • दिव्यदर्शन
  • मंगलबार, भाद्र २५ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, २५ भदौ ।

लेदो सहितको पहिरो खसेर अवरूद्ध भएको त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुङ्गा सडकखण्ड सञ्चालनमा आएको छ ।

धुनिबेसी नगरपालिका वडा नं ९ मा सोमबार साँझ लेदो सहितको पहिरो खसेर अवरूद्ध भएको राजमार्गको पहिरो पन्छाइएसँगै आज बिहान देखि दुईतर्फी सञ्चालनमा आएको प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाले जानकारी दिनुभएको छ।

दुई वटा एक्सकाभेटर प्रयोग गरी बिहान ३ बजे पहिरो पन्छाएको थपलियाले बताउनुभयो पहिरो पन्छाउन करिब पाँच घण्टा लागेको थियो। साँझ ६ बजेदेखि बाटो दुईतर्फी नै अवरूद्ध हुँदा धादिङ र काठमाडौंतर्फ सवारी अवरुद्ध भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web