नीलकण्ठ नगरपालिका संस्थागत स्वमुल्यांकनमा देशकै उत्कृष्ट हुन सफल


  • दिव्यदर्शन
  • शुक्रबार, भाद्र ७ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ/भदौ ७
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका संस्थागत स्वमुल्यांकनमा देशकै उत्कृष्ट हुन सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्वमूल्यांकन रिपोर्ट अनुसार नीकलण्ठ नगरपालिकाले ९२.५० अङक ल्याएर उत्कृष्ट भएको हो  ।सम्मान कार्यक्रममा धादिङबाट नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुबेदी,नगरपालिकाका प्रबक्ता एबम् वडा नं.८ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, सल्लाहकार दिपक कोइराला लगायतका टिम सहभागी रहनुभएको थियो ।‘लिजामा उत्कृष्ट अंक हासिल गर्नु भनेको सम्पूर्ण रूपमा सम्पन्न र पूर्वाधारयुक्त हुनु होइन । तर सिमित साधन स्रोतमा विधिसम्मत तरिकाले उत्कृष्ट नतिजा हासिल गर्नु स्थापित हुनु हो’ नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले भन्नुभयो– ‘यो मुल्याङ्कन स्थानीय तहहरूले गर्नैपर्ने र गरेका महत्वपूर्ण कार्यहरूको समग्र मूल्यांकन हो । स्थानीय तहको क्षमता मापन गर्ने यो विश्वासिलो आधारमा नीलकण्ठ नगरपालिकाले पाएको उत्कृष्ट स्थानले हामी सबैको शिर उचो बनाएको छ ।’विभिन्न एक सय वटा सुचकहरुमा भएको मुल्याङ्कनको आधारमा आ।व २०७९-०८० मा नगरपालिका उत्कृष्ट बनेको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रसाद ढुंगानाले बतउनुभयो । ‘नीलकण्ठ नगरपालिकाले ९२.५० अंक ल्याएर देशकै उत्कृष्ट नगरपालिका बनेको हो । सुशासन, आर्थिक पारदर्शीता, जवाफदेहिता, प्रवाह भइ रहेका सेवा, सूचनाको हक लगायत विभिन्न सुचकमा नगरपालिकाले उत्कृष्ट नजिता ल्याएको छ’उहाँले भन्नुभयो– ‘जनप्रतिनिधि, कर्मचारीको काम र नगरबासीको सुझाव तथा उत्प्रेरणाले नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट नगरपालिका बनेको हो ।’संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समग्र स्थिति, प्रक्रियागत स्थिति र परिणामको मुख्य तिन वटा आयामहरुलाई आधार मानी मन्त्रालयले स्थानीय सरकारको क्षमता मूल्यांकनका लागि १० क्षेत्र र १०० सूचक तोकेको थियो ।जसमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय गरी १० वटा क्षेत्र र त्यसमा फरक फरक पूर्णांक तोकिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web