धादिङ, ०५ भदौ ।
त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा नजिक पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ ।
काठमाडौं प्रवेशको मुख्य नाका नागढुङ्गा नजिक पहिरो जाँदा त्रिभुवन राजपथ दुवैतर्फ अवरुद्ध भएको हो।
प्रहरीका अनुसार चेक पोइन्टबाट करिब तीन सय मिटर टाढा ठूलो पहिरो गएको छ। पानी परिरहेकोले पहिरो खस्ने क्रम नरोकिएको जनाएको छ ।
दुवैतर्फ पहिरो पन्छाउन डोजरलाई स्टान्डबाइ राखिएको प्रहरीले जानकारी दिएको छ।
सडक अवरुद्ध हुँदा काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन बाटोमै रोकिएका छन् ।