नेतृत्व विकास र सामाजिक सेवाका लागि ५० हजार युवा परिचालन गर्ने तयारी छः पासाङ शेर्पा


  • दिव्यदर्शन
  • बुधबार, साउन ३० २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
लोकतान्त्रिक आदीबासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले राजनीतिमा सक्रिय नभएका र केही गर्छु भन्ने युवाहरुलाई संगठित गरेर नेतृत्व विकास र समाजिक विकासमा सक्रिय गराउने बताउनुभएको छ ।लोकतान्त्रिक आदीबासी जनजाती महासंघ बागमति प्रदेशले बुधबार धादिङबेसीमा आयोजना गरेको आदीबासी जनजाती भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो ।युवाहरु नारा जुलुस, धर्ना, नेपाल बन्द जस्तो कार्यमा लाग्न नहुने भन्दै महासंघका अध्यक्ष शेर्पाले राजनीतिक रुपमा सचेत बनाउँदै नेतृत्व विकास गर्ने, सामाजिक सेवा र विकासमा लाग्न प्रेरित गर्ने, जिवन जिउने कलाबारे उत्प्रेरणा दिने, बिभिन्न सीपमूलक तालिम दिने कार्यक्रम रहेको स्पष्ट पार्नुभयो ।हरेक जिल्लामा एक सय जना १८ देखि ३५ वर्षभित्रका युवा सहभागि भएपछि यस किसिमको तालिम निशुल्क संचालन गर्ने र देशभरका ५० हजार युवालाई एउट विद्युतिय संजाल (वेभ नेटवर्क) मा आवद्ध गरि सकारात्मक रुपमा विकास र समृद्धिमा लगाउने योजना रहेको शेर्पाले बताउनुभयो । आदीबासी युवाहरुको स्वयंसेवक बनाउने अभियानको सुरुवात गर्न धादिङबेसीमा गरिएको भेटघाट कार्यक्रमको अबसरमा किरण श्रेष्ठको संयोजकत्वमा राजनीतिक दलको कुनैपनि कमिटिमा नबसेका १५ सदसिय स्वयंसेवक कार्यदल गठन गरिएको लोकतान्त्रिक आदीबासी जनजाती महासंघ बागमतिका अध्यक्ष बासु श्रेष्ठले जानकारी दिनुभयो ।कार्यक्रमलाई लोकतान्त्रिक आदीबासी जनजाती महासंघका केन्द्रीय उपाध्यक्ष मिनाकुमारी गुरुङले इमान्दार भनेर परिचय बनाएका आदीबासी जनजाती पार्टीमा संगठित भएर नेतृत्व लिनुपर्नेमा जोड दिनुभएको थियो ।

Sitaram Adhikari

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web