
धादिङ/साउन १०
बर्षात याममा धादिङसहित देशका बिभिन्न ठाउँमा बाढी पहिरोले क्षति पुर्याएको छ ।गत असार ३० गते राती परेको भारी बर्षाका कारण पहिरोले उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नं. ५ लापा गाउँको फेदिमा रहेको ट्रच बृजको एउटा काठेपुल बगाएको थियो । उक्त पुलहरुको सट्टामा स्थानीय लापा बासीले मंगलबार काठेपुलको निर्माण गरिएको स्थानीय मिम्बा तामाङले जानकारी दिनुभयो ।मुख्यगरि रुबीभ्याली ५ र ६ का झण्डै ५र६ वटा गाउँका स्थानीयहरु आवतजावत गर्ने उक्त पुल बाढीले बगाएसगै स्थानीयहरुलाई निकै समस्या परेको थियो । उक्त अस्थायी दुई पुलहरु निर्माण गरिएसगै लापा गाउँका स्थानीयलाई घाँस, दाउरा, बस्तु भाउ चराउन, खेतबारीमा काम गर्न सहज हुनेछ भने थोवा खोलामा बनेको अस्थायी पुलले स्थानीयलाई आवतजावत गर्न सहज हुनेछ ।यद्यपि खोला ठुलो भिरालो स्थानमा भएकोले पुलबाट लड्ने वा पक्की नहुने हुँदा सकभर छिट्टै ती दुबै स्थानमा पुल निर्माण गर्नुपर्ने आवस्यकता रहेको स्थानीय बताउन्छन ।
Source:horizonkhabar