
धादिङ । साउन ७
रोटरी क्लव अफ धादिङको ९ औे पदस्थापन समारोह धादिङबेसीस्थित क्रिक रोसोर्टमा रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका Spouse of AG Rtn हरि प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भव्य समारोहका बीच सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुवेदीले क्लवलाई स्वार्थ भन्दा माथि सेवा भन्ने मुल नारालाई आत्मसाथ गर्दै सामाजिक काममा सक्रिय हुदै र सदस्यता विस्तारलाई जोड दिन आग्रह गर्नुभएको छ । कार्यक्रमका पूर्व अध्यक्ष एवम् २०२४–२५ का आर आई डिष्ट्रिक ३२९२ नेपाल भुटानका जोन ३५ का ब्न् समेत रहेका अशोक बस्नेतले मानविय सेवाका लागि केहि गरौं । रोटरीमा आवद्ध भएर सामाजिक कार्यमा लाग्दा जीवन थप आनन्ददायी हुने बताउनुभएको छ । समारोहमा रोटरियन सुदिप रसाईलीको अध्यक्षतामा रोटरी क्लव अफ धादिङको वोर्ड गठन गरिएको छ। नव गठित कार्यसमतिको ईमिडेट प्रेसिडण्टमा नविन कुमार श्रेष्ठ, प्रेसिडण्ट ईलेक्टमा डा.रामचन्द्र रिजाल, नोमिनी प्रेसिडण्टमा इश्वर कडेल, भ्वाईसप्रेसिडण्टमा विष्णु कुमार श्रेष्ठ चयन भएका छन् । यस्तै सचिवमा शिवराम श्रेष्ठ, कोषाध्यक्षमा सरस्वती थापा, सहसचिवमा झरना श्रेष्ठ, सह कोषध्यक्षमा विनु सिंखडा, चयन भएका छन् ।त्यसैगरी क्लव प्रशाशन चेयरमा शालिकराम दुवाडी, पब्लिक रिलेसन चेयरमा भिमबहादुर श्रेष्ठ, मेम्बरसिप चेयरमा कृष्णलाल उप्रेती, कम्युनिटि प्रोजेक्ट चेयरमा प्रकाश भण्डारी, रोटरी फाउण्डेसन चेयरमा रोहित भण्डारी र क्नत(ब्त(ब्चmक मा अनिलकुमार केसी चयन हुनुभएका छन् ।