प्रधानमन्त्री ओलीलाई बिश्वासको मत प्राप्त,दुई तिहाइ सांसदको समर्थन


  • दिव्यदर्शन
  • आइतबार, साउन ६ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ / साउन ६
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको समर्थन प्राप्त गर्नुभएको छ ।आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीको पक्षमा १ सय ८८ जना सांसदले मत दिएका छन् ।यस्तै प्रधानमन्त्रीको विपक्षमा ७४ जना सांसदले मत दिए भने १ जना सांसदले ‘मत दिन्नँ’ भन्ने पक्षमा आफ्नो मत जाहेर गरेका थिए। आजको बैठकमा २ सय ६३ जना सांसद उपस्थित भएका थिए ।२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १ सय ८४ जना सांसदको समर्थन आवश्यक पर्छ । यस्तै बहुमतका लागि १ सय ३८ सांसदको समर्थन चाहिन्छ ।आजको प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी , जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी , नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । यस्तै प्रधानमन्त्रीको विपक्षमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका सांसदले मत दिएका थिए।ओली नेपाली कांग्रेसको समर्थनमा गएको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web