धादिङमा पहिलोपटक बेवारिसे मोटरसाइकलको लिलामी


  • दिव्यदर्शन
  • बुधबार, साउन २ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ/साउन २
जिल्ला प्रहरी कार्यालय धादिङले जिल्लामा पहिलो पटक बेवारिसे मोटरसाइकलको लिलामी गरेको छ । प्रहरीले विभिन्न चेकजाँचको क्रममा तथा अन्य बेवारिसे अवस्थामा फेला पारेको १ सय ९० मोटरसाइकल र स्कुटर लिलामी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । विभिन्न ५ ओटा सप्लायर्सले टेन्डर हालेकोमा समित एक्सपा सेन्टरले लिलामीमा मोटरसाइकल टेन्डर पारेको हो । नेपाल प्रहरीको हेडअफिसको स्विकृतिमा भ्याट बाहेक ७ लाख ९१ हजारमा लिलामी गरिएको मिश्रले बताउनुभयो। लिलामी गरिएको मोटरसाइकल र स्कुटर पत्रु बनाएर टेन्डर परेको सप्लायर्सले स्विकार गरेर लाने छ । बुधबार मोटरसाइकल र स्कुटर जिल्ला प्रहरी कार्यालयबाट लगेको छ ।मुद्दामा रहेको मोटरसाइकल तथा स्कुटर र अन्य सवारी साधन भने लिलामी गरिएको छैन ।लिलामीमा लगिएको मोटरसाइकल र स्कुटर पुरानो नम्बरमा चलाउन पाउने छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web