
धादिङ,०२ साउन ।
गजुरी गाउँपालिका वडा नं १ गजुरीमा रहेको धादिङ बहुप्राविधिक शिक्षालयमा निः शुल्क स्वास्थ्य परिक्षण शिविर संचालन भएको छ ।
गजुरी गाउपालिका र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा धादिङ बहुप्राविधिक शिक्षालयमा अध्ययनरत प्रशिक्षार्थीहरूको लागी स्वास्थ्य परिक्षण गरिएको हो । दुई दिन संचालन भएको स्वास्थ्य परिक्षण शिविरमा शिक्षालयमा अध्ययनरत १ सय ६५ जनाले सेवा लिएको धादिङ बहुप्राविधिक शिक्षालय गजुरीका प्रमुख रवि राज भण्डारीले जानकारी दिनुभयो ।
शिक्षालयले विगतका दिनहरूमा आफ्ना विद्यार्थीहरूलाई स्वस्थ राख्नको लागि र कुनै पनि रोग लाग्न नदिनको लागि बेला बेलामा यस्ता शिविर गर्दै आएको उहाँले बताउनुभयो । त्यस्तै भोलिका दिनहरूमा पनि निरन्तर रुपमा शिविर संचालन गरिने भण्डारीले बताउनुभयो ।