हरिशयनी एकादशी आज ःसनातन धर्मावलम्बीले आँगनमा तुलसीरोपण गरिदैँ,


  • दिव्यदर्शन
  • बुधबार, साउन २ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ,०२ साउन ।

आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी । सनातन धर्मावलम्बीले आँगनमा तुलसीरोपण गरिदैँ छ ।

एक महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ । आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ ।

यो अवधिलाई चतुर्मास भनिन्छ । कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ । आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने मान्यतास्वरूप चार महिनासम्म विशेष मांगलिक कार्य गरिँदैन । यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत–उपवास र पूजापाठलाई महत्त्व दिइन्छ ।

यसैगरी यो अवधिमा पर्ने आठ एकादशीलाई विशेष रूपमा लिइन्छ । वर्षमा पर्ने २४ एकादशी मध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्त्व दिइन्छ । वैष्णव धर्म लिएकाहरूले एकादशीलाई विशेष महत्त्व दिए पनि स्मृति मान्नेहरूले यसलाई सामान्य किसिमले मनाउँछन् ।

आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको उपयोग गरिन्छ । धेरै अक्सिजन फ्याँक्ने वनस्पतिका रूपमा तुलसीको महत्त्व छ । त्यसैले पनि तुलसी रोप्ने दिनलाई सनातन धर्मावलम्बी विशेष मान्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web