सिद्धलेक गाउँपालिकाको आ.ब.८१/८२ को बजेट ६५ करोड ३९ लाख ७६ हजार


  • दिव्यदर्शन
  • सोमबार, असार ३२ २०८१
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ/असार ३१
सिद्धलेक गाउँपालिकाले आ.व. २०८१ ८२ का लागि ६५ करोड ३९ लाख रुपैयाँको बजेट ल्याएको छ।आईतबार गाउँ सभाको पन्ध्रौँ अधिवेशनमा उपाध्यक्ष सविता अर्यालले ६५ करोड ३९ लाख ७६ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।जसमा वित्तीय समानीकरण अनुदान (संघ)तर्फ १२ करोड ८६ लाख, राजश्व बांडफांड (संघ) ९ करोड १० लाख, वित्तीय समानीकरण अनुदान (प्रदेश) १ करोड ३२ लाख ३५ हजार, समपुरक अनुदान (प्रदेश) २ करोड, समपुरक अनुदान (संघ)१ करोड ५० लाखको बजेट प्रस्तुत गरिएको छ। चालु आर्थिक बर्ष २०८० ०८१ को बिनियोजित कुल बजेट ६७ करोड ९३ लाख १० हजार १७९ मा ५१ करोड ८३ लाख ४१ हजार ९० खर्च गरिएको र ५ करोड ८१ लख ५१ हजार ४५७ आम्दानी गर्न सफल भएको उपाध्यक्ष अर्यालले बताउनुभयो।गाउँपालिकाको हालसम्मको वित्तीय प्रगति चालूतर्फ ८०.६३ प्रतिशत तथा पूँजिगततर्फ ६९.४१ प्रतिशत गरी कुल वित्तीय प्रगति ७६.३४ प्रतिशत रहेको छ ।बजेटमा गाउँपालिकाको दिगो र एकीकृत विकास तयार गर्ने, स्थानीय सुशासन र सन्तुलित विकासमा जोड दिने, कृषि र पशुपालनको क्षेत्रमा लगानी वृद्धि गरी कृषि उपजमा आत्मनिर्भर बनाई आयात प्रतिस्थापनमा जोड दिँदै रोजगारीका अवसरहरूको सिर्जना गर्ने,शिक्षा, स्वास्थ्य, खानेपानी, संस्कृति प्रवर्द्धन, युवा तथा खेलकूद जस्ता सामाजिक क्षेत्रमा लगानी वृद्दी गर्ने, स–साना टुक्रे योजनामा लगानी कम गरी उत्पादनमूलक रोजगारमूलक तथा पूँजी योजनामा लगानी वृद्धि जस्ता कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको बताइएको छ।बजेट प्रस्तुत गर्नुअघि गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले आर्थिक वर्ष ०८१र८२ का लागि निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।आवश्यकताको आधारमा विध्यालय समायोजन तथा कक्षा थप।घट कार्यक्रमलाई अघि बढाइने,विद्यालय दिवा खाजा कार्यक्रमलाई व्यवस्थित बनाई स्थानीय उत्पादनको उपभोगमा जोड दिइने, सरकारी श्रोतबाट तलव, सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आ–आफ्ना बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने वातावरण सिर्जना गरिने, सिद्धलेक गाउँपालिका भित्र रहेका सम्पूर्ण भूमिलाई खाली होईन बालीको अवलम्वन लिईनेछ डिप बोरिङको मर्मत सम्भार साथसाथै खानेपानी अभाव भएको ठाउँमा लिफ्ट खानेपानी निर्माणमा जोड दिईने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष खतिवडाले भन्नुभयो ।नीति तथा कार्यक्रममा आन्तरिक स्रोतको बढोत्तरीको लागि ढुङ्गा, गिट्टी, बालुवा लगायतका वस्तुको उत्खनन् तथा निकासीमा सहज वातावरण सिर्जना गरिनेछ र सो वापत संकलन हुने कर गाउँपालिकाको संचित कोषमा जम्मा गरिने,सिद्धबाबा मन्दिर, ढेवालेक, कुम्पुर टावर, लेकडाँडा, वुडोसिमल, नागरपोखरी, चारधाम, परेवाटार, साततले गुफा सलाङकोट,वलमडाँडा, नलाङकोट र बलदेवि मन्दिर लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि पालिका गौरवको योजनामा समावेश गरी ती स्थानहरुको संरक्षण संवर्धन र प्रवर्धन गर्नुका साथै प्रचार प्रसार गरिने समेत उल्लेख छ।चालु आर्थिक बर्षमा गाउँपालिकाले ४ किलोमिटर ८५५ मिटर सडक पिच र २ किलोमिटर ३१ मिटर सडक ढलान गरेको, बुङ्चुङ वृहत खानेपानी योजना लगायत अन्य खानेपानी योजनाको कार्यान्वयन गरी ५७० घररपरिवारमा खानेपानी सेवा विस्तार गरिएको, १ हजार ६ सय २८ मिटर सिँचाइ कुलो निर्माण सम्पन्न भएको,सिद्धलेक गाउँपालिकाभित्र कक्षा ११ र १२ मा अध्ययनरत विध्यार्थीहरुलाई निःशुल्क पठनपाठनको व्यवस्था गरिएको, लागत साझेदारीमा १७ मिनिटिलर, २० पावर टिलर, ६९ डिजिटल काँटा, १७ थ्रेसर, २५ कम्बाईन्ड मिल, २०९ मौरी घार, ११२ स्प्रेयर, १७ खाडल खन्ने मेसिन, २०० बाँदर धपाउने मेसिन वितरण गरेको अध्यक्ष खतिवडाले बताउनुभयो ।गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले गाउँपालिकाले अघि सारेको निति कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।बार्षिक नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ ।स्थानीय तहले असार १० गतेभित्र गाउँरनगरसभा मार्फत आगामी आर्थिक वर्षको बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि सिद्धलेक गाउँपालिकाले असारको अन्तिममा बजेट पेस गरेको हो ।

source:bagmatikalam

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web