कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनालाई


  • दिव्यदर्शन
  • सोमबार, असार ३२ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ/असार ३१
कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आज भएको फाइनलमा कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो ।फ्लोरिडाको मियामी गार्डेन्समा भएको खेलमा अर्जेन्टिनाका लाउतारो मार्टिनेजले थप समयको एक सय १२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । निर्धारित ९० मिनेटको खेलमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल थप समयमा धकेलिएको थियो । खुट्टाको चोटका कारण खेलको ६८ औँ मिनेटमा लियोनल मेस्सी मैदानबाट बाहिरिएका थिए ।कोपा अमेरिकाको नकआउट चरणमा निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट गोल हुन नसके सीधै पेनाल्टी प्रहार गरिने नियम थियो। तर फाइनल खेलमा भने त्यो नियम लागू हुने थिएन र अतिरिक्त समय थप गरिने व्यवस्था गरिएको थियो।आजको जीतसँगै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि १६औं पटक उपाधि जितेको छ । उसले दुई पटक विश्वकप पनि जितेको छ । सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई र कोलम्बियाले उरुग्वेलाई हराउँदै फाइनलमा पुगेका हुन् । यस्तै क्वार्टरफाइनलमा अर्जेन्टिनाले इक्वेडरलाई र कोलम्बियाले पनामालाई हराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web