
धादिङ, ३० असार ।
नीलकण्ठ नगरपालिकाले नगरक्षेत्रबाट उत्पादन हुने कुहिने तथा जैविक वस्तुहरुबाट प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ ।
नीलकण्ठ नगरपालिकामा सुधारोन्मुख फोहोर व्यवस्थापनको निमित्त सञ्चालित जलवायु उत्थानशिल व्यवसाय कार्यक्रम अन्र्तगत नगर क्षेत्रबाट उत्पादन हुने कुहिने तथा जैविक वस्तुहरुको प्रयोगबाट प्राङ्गारिक मलको उत्पादन गर्ने भएको हो ।
नगरपालिका भित्र अव्यवस्थित रुपमा फालिएका कुहिने फोहोरजन्य पदार्थलाई मेशिनबाट प्रशोधन गरी ‘कम्पोष्ट मल’ उत्पादन गर्ने नगरपालिकाले जनाएको छ । नीलकण्ठ नगरपालिकालाई फोहोरबाट मुक्त बनाउने र नमुना नगरका रुपमा विकास गरी पर्यटकीय क्षेत्र बनाउने योजना अनुरुप प्राङ्गारिक मल बनाउन लागिएको हो ।
नगरपालिकाले ५८ जना स्थानीयलाई मल बनाउन, मेशिन चलाउन र भण्डारण गर्न तालिम दिएको छ ।
