एमालेका अध्‍यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीमा दाबी पेश


  • दिव्यदर्शन
  • शनिबार, असार ३० २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ /असार २९
नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए ।शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।ओलीले संसद्‌को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेको कांग्रेसका एक नेताले जानकारी दिनुभयो ।ओली कांग्रेस सभापति शेरबहादुर देउवालाई साथमा लिएर राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web