तामाङ पत्रकार संघ धादिङद्वारा जिल्ला खेलकुद बिकास समिति अध्यक्ष तामाङलाई बधाई ज्ञापन


  • दिव्यदर्शन
  • शुक्रबार, असार २९ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ //असार २८

तामाङ पत्रकार संघ धादिङ जिल्ला शाखाद्वारा जिल्ला खेलकुद बिकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङलाई बधाई सहित सम्मान तथा शुभकामना प्रदान गरिएको छ ।शुक्रबार समितिको कार्यालयमा औपचारिक कार्यक्रम गरि तामाङ पत्रकार संघ धादिङको अध्यक्ष निर तामाङको संयोजकमा जिल्ला खेलकुद बिकास समिति धादिङमा तेस्रो कार्यकालको लागी नियुक्त भएकोमा अध्यक्ष तामाङलाई शुभकामना सहित बधाई ज्ञापन गरिएको हो । जिल्ला खेदकुद बिकास समितिले खेलक्षेत्र बिकासको लागी गरेको हरेक सकारात्मक क्रियाकलापलाई तामाङ पत्रकार संघ धादिङले सक्रिय सहभागीतासहित सहयोग गर्ने तामाङ पत्रकार संघ धादिङ जिल्ला अध्यक्ष निर तामाङले बताउनुभयो ।(ूभौगोलिक रुपमा बिकट्ता भएको जिल्लालाई खेलक्षेत्रको प्रबर्द्धन बिकास गरि सबै युवा बर्ग समुदायलाई निकटता राख्ने काम जिल्ला खेलकुद बिकास समितिको टिमले गर्नु पर्छ,अध्यक्ष तामाङले भन्नूभयो ।त्यस्तै नवनियुक्त खेलकुद अध्यक्ष प्रताप सिंह तामाङले धादिङ जिल्लाको खेलकुद बिकासलाई आफ्नो कार्यकाल भरिमा बागमति प्रदेशकै नमुना जिल्ला बनाउने बताउनुभयो ।सबै स्थानीय तह, सरोकार पक्षसङग समन्वय गरि जिल्लालाई खेलकुद हब बनाइ भौतिक,नैतिक,शारीरिक रूपमा खेलाडीको भबिस्य, जिल्लाको छुट्टै पहिचान बनाउन लागीपर्ने छु, अध्यक्ष तामाङको भनाइ छ ।उक्त कार्यक्रममा तामाङ पत्रकार धादिङ शाखाका सचिव विरमान तामाङ ,कोष(अध्यक्ष युनिस तामाङ ,होराइजन खबर डट कम का सम्पादक गजेन्द्र गुरुङ ,तामाङ पत्रकार संघ जिल्ला सदस्य प्रथा तामाङ लगायतको सहभागी रहेको थियोे ।२०७६ माघ ८ गते पहिलो कार्यकालको नियुक्ति पाएको तामाङले २०७८ फागुन २४ गते दोस्रो पटक र गत असार २० तेस्रो कार्यकालको लागि पुःन नियुक्ति पाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web