नागरिकको गुनासो सुन्न र सेवाबारे जानकारी दिन नीलकण्ठमा सार्वजनिक सुनुवाई


  • दिव्यदर्शन
  • शुक्रबार, असार २९ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ /असार २८
नीलकण्ठ नगरपालिकाले चालु आर्थिक बर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।आज नीलकण्ठ नगरपालिकाबाट भएको सेवा प्रवाह तथा कार्यक्रम र बजेटका विषयमा नागरिकहरुले प्रश्न, गुनासो र सुझाव दिएका थिए । उठेका प्रश्नहरुलाई नगर प्रमुख भीम प्रसाद ढुंगाना, उप–प्रमुख दिपक बिश्वकर्मा, जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत पुरुषोत्तम सुवेदी र जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले सवालको जवाफ दिनुभएको थियो ।प्रश्नको जवाफ दिनुहुदै नीलकण्ठ नगरपालिकाको प्रमुख भिम प्रसाद ढुङ्गानाले शुशासन, पारदर्शिता र जवाफदेहिताको निमित्त आफु सदैव प्रतिवद्ध रहेको बताउँदै सल्लाह सुझाव र गुनासो सुन्नकै निमित्त यस किसिमको कार्यक्रम आफुले नियमित गर्दै आएको बताउनुभयो ।आफुले नगरबासीको शिर झुकाउने काम कहिल्यै नगर्ने भन्दै सम्मृद्ध नगरपालिका निर्माणको लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कार्यक्रममा उठेका सकारात्मक सवालहरुलाई आफुले पुर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web