
धादिङ, २८ असार ।
अविरल वर्षाका कारण पहिरोमा परी बस त्रिशुली नदीमा २ वटा बस वेपत्ता भएका छन् ।
आज बिहान ३ बजेको समयमा चितवनको भरतपुर महानगरपालिका वडा नं.२९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौँ जाँदै गरेको विङर गाडी र काठमाडौँबाट गौर तर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन् ।
बीरगन्जबाट आएको गाडीमा २४ जना र गणपति डिलक्समा करिब ४१ जना यात्रु रहेको अनुमान छ । यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट बाट ३५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन भएका छन् । साथै अहिले मुग्लिन नारायणगढ सडक अबरुद्ध रहेको जानकारी प्रहरीले जानकारी दिएको छ ।