पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी खुल्यो


  • दिव्यदर्शन
  • बिहिबार, असार २८ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, २७ असार ।

पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी खुलेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका वडा नं ३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो ।

सडक डिभिजन कार्यालयको ३ वटा स्काभेटरको प्रयोग गरेर पहिरो पन्छाउने काम गरेर एकतर्फी सडक खुलाईएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक पूर्णरुपमा खुल्न केही समय लाग्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web