धादिङ
लाइन्स क्लब अफ काठमाण्डौ सुर्यमुखिले जिल्ला अस्पताल धादिङ परिसरमा आयोजित कार्यक्रममा १५२ जनाले रक्तदान गरेका छन् । रगतको अभावलाई न्यूनिकरण गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले समेत रक्तदान गर्नुभएको छ ।नेपाल रेडक्रस सोसाइटी रक्त सन्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा बिरामीले रगत अभावका कारण अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने मनाशयका साथ क्लवले रक्तदान कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष कृष्ण शिशिर ढकालले जानकारी दिनुभयो । क्लवले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यहरुसँगै रक्तदान कार्यक्रम पनि गर्दै आईरहेको बताउँदै उहाँले सबै संघसस्थाहरुलाई यस्ता कार्यक्रम गरी कसैको जीवन जोगाउनका लागि सहयोग गर्न सुझाव दिनुभयो ।