एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ने.वि संघ धादिङद्धारा सम्मान


  • दिव्यदर्शन
  • आइतबार, असार २४ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ / एसईई परीक्षा २०८० मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ने.वि संघ धादिङले सम्मान गरेको छ । आईतबार बिपी स्मृति भवन धादिङबेशीमा सामुदायिक र निजी विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो ।

नीलकण्ठ नगरपालिका–३ स्थित किबो बोर्डिङ स्कुलकी छात्रा सिल्पा श्रेष्ठले ४ जीपीए ल्याएर जिल्लामै सर्वोत्कृष्ट भएकी छिन् । उनीसहित जिल्लाका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नेविसंघ धादिङले सम्मान गरेको हो।

सम्मानित विद्यार्थीहरुलाई नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगाना, नेपाल विद्यार्थी संघ धादिङका अध्यक्ष सुदिप गौली लगायतले मेडल र प्रशंसापत्र हस्तान्तरण गर्नुभएको थियो ।

उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई बधाई एवं शुभकामना दिँदै नील्कण्ठ नगरपालिकाका मेयर ढुंगानाले विद्यार्थीहरु भविष्यका कर्णधार र नेतृत्व भएको भन्दै अहिलेदेखि नै शिक्षा, ज्ञान, सीप आर्जनतर्फ लाग्नुपर्ने बताउनुभयो ।

सूचना–प्रविधि लगायतका प्राविधिक विषयमा सम्भावनाहरु रहेको भन्दै जुनसुकै विषय पढे पनि उत्कृष्टता हासिल गर्न विद्यार्थीलाई उहाँले सुझाव दिनुभयो । नगरपालिकाले शिक्षा लाई प्राथमिकता दिदै माध्यमिक तहसम्मको शिक्षालाई निशुल्क गरेको मेयर ढुंगानाले बताउनुभयो ।

त्यसैगरी ने।वि संघ धादिङका अध्यक्ष सुदिप गौलीले विद्याथीहरुको हक हितको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । विभिन्न स्थानिय तहहरुसँग समन्वय गरेर शिक्षामा देखिएको समस्याहरुलाई समाधान गर्ने अध्यक्ष गौलीको भनाइ छ ।

source:neelkanthafm

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web