असार, २३ असार । धादिङबेशीमा असार २४ गते अर्थात् भोलि सोमबार बृहत् खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।
लायन्स क्लब अफ काठमाण्डौं सुर्यमुखीको आयोजनामा सोमबार रक्तदान कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष कृष्णप्रसाद ढकाल (शिशिर)ले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा धादिङ अस्पताल,लायन्स क्लब अफ काठमाण्डौं ब्लर्ड सर्कल, नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहने छ ।
धादिङ अस्पताल परिसरमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने कार्यक्रममा रक्तदान गरि सहयोग गरिदिन पनि आयोजकले आग्रह गरेको छ ।