धादिङ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अहिले राष्ट्रिय महाधिवेशनको चटारोमा रहेको छ । नयाँ नेतृत्व र नयाँ कार्यदिशा भन्ने नारा बोकेको समाजवादी धादिङमा भने अहिले चरम असन्तुष्ठी देखिएको छ । पार्टीको प्रदेश कमिटी सदस्य गणेश कुमार श्रेष्ठ नेकपा एमाले प्रवेश गरेको ३ दिन नबित्दै समाजवादी धादिङका युवा नेता तथा नेत्रावति डबजोङ्ग वडा नम्बर ५ का वडा अध्यक्षका प्रत्यासी हरिराम सापकोटाले पार्टी परित्याग गरेका छन् । सापकोटाले आफू सधैँ राजनिती गर्दै आएको र बाँकी समय पनि राजनिती गर्ने साथै केही समय पर्ख र हेरको स्थितीमा आफू रहेको समेत स्प्रष्ट पारेका छन् ।आफू विद्यार्थी कालदेखी राजनितिमा होमिएको र बाँकी समय पनि राजनितिमै बिताउने प्रण गरेका सापकोटाले आफ्नो राजनितीक भविष्य र विचार केही समयपछि प्रष्ट पार्ने समेत बताए । सापकोटा समाजवादी र माओवादीका तर्फबाट नेत्रावती डबजोङ्ग वडा नम्बर ५ का वडा अध्यक्षका प्रत्यासी समेत हुन् । युवा नेता सापकोटाले आफूले पार्टी परित्याग गरेपछि नेत्रावती डबजोङ्गमा समाजबादी पार्टी झनै कमजोर बन्दै गएको समेत आकलन गर्न सकिने बताए ।
source:janaupdate