धादिङ
धुनिबेशि ६ धार्केमा १ दिने निशूल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । साईबाबा सामुदायिक अस्पताल धार्केको प्राङ्गणमा सोमबार भएको शिविरमा ३ सय भन्दा बढिले लाभ लिएका छन्।धुनिवेशि नगरपालिका वडा नं ६, ओम साईबाबा सामुदायिक हस्पिटल काठामाँडौ ,साईबाबा सामुदायिक अस्पताल धार्के,नोवस प्याथ ल्याव एण्ड डाईग्नोस्टिक सेन्टर कलंकी र लायन्स क्लव अफ काठमाँडौद्धारा आयोजीत शिविरमा हाड , जोर्नी तथा नसा सम्बन्धि दुखाई, रगतमा सुगर ,मधुमेह तथा पिसावको परिक्षण ,जनरल उपचार सेवा ,विशेषज्ञ डाक्टरहरुद्धारा निशूल्क दन्त परिक्षण तथा सेवाको साथै दाँत निकाल्ने तथा दाँत सफा गर्ने,नाक , कान ,घाँटी सम्बन्धि उपचार , मुटु तथा किड्नी सम्बन्धि सेवा दिइएको आयोजकले जनाएको छ।यस्तै कार्यक्रममा धुनिबेशी नगरपालिकाका प्रवक्ता तथा धुनिबेशी ६ का वडा अध्यक्ष रमेश आचार्यले यस शिविरले धेरै नागरिकहरुलाई स्वास्थ्य लाभ दिइएको भन्दै नगरपालिका सधै स्वास्थ्य क्षेत्रमा हातेमालो गर्दै अगाडि बढ्ने बताउनु भयो।कार्यक्रममा समाजसेवी दिपक लामिछाने,सामाजिक अभियन्ता आसिका तामाङ ,ओम साईबाबा सामुदायिक हस्पिटल काठामाँडौ ,साईबाबा सामुदायिक अस्पताल धार्के,नोवस प्याथ ल्याव एण्ड डाईग्नोस्टिक सेन्टर कलंकी र लायन्स क्लव अफ काठमाँडौका प्रमुख तथा बिभिन्न पधाधिकारीहरु , विद्यालयका प्रमुख तथा प्रतिनिधि लगायत स्थानीयहरुको सहभागिता रहेको थियो।