धादिङ ।
नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ३ ले बिद्यार्थीको मनोबल बढाउने उद्धेश्यले एसईई २०८० मा उतिर्ण गर्ने विद्यार्थी र शिक्षकलाई नगद सहित सम्मान गर्ने भएको छ । वडा नं.३ मा अवस्थित चौतारा माविबाट १७ जना विद्यार्थीले एसईई दिएकोमा १३ जना उतिर्ण भएका थिए । वडाले ३.६– ४ जिपीए ल्याउनेलाई ५ हजार, ३.२–३.६ जिपीए ल्याउनेलाई जनही २ हजार ५०० र उतिर्णलाई १ हजार दिने घोषणा गरेको छ । वडा अध्यक्ष सुरेश गुरुङका अनुसार ए र ए प्लस कटेको विषयका शिक्षकहरुलाई पनि सम्मान गर्ने जनाएको छ । उतिर्ण १३ जना विद्यार्थीहरुले लेखा विषयमा ए प्लस जिपीए ल्याएकोले लेखा विषयका शिक्षक मानसिंह तामाङले प्रति विद्यार्थी १ हजार बराबर ११ हजारले सम्मान गर्ने भएको छ ।वडाले प्रोत्साहन कार्यक्रम भनेर गत फागुन २८ गते नै घोषणा गरेका थियो । जसमा एईई २०८० पास हुने विद्यार्थी र उनीहरुले प्राप्त गरेको विषयगत ए र ए प्लस जिपीए आएका विषयगत शिक्षकलाई सम्मान गर्ने पूर्व घोषित कार्यक्रम भएको वडा अध्यक्ष गुरुङले बतउनुभएको छ । सोहीअनुसार आज एक कार्यक्रमकाबीच पुरस्कार बितरण गर्ने वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।