
धादिङ
खनियाबास गाउँपालिका वडा नं.२ झार्लाङमा समूह ब्यवस्थापन तथा नेतृत्व बिकाससम्बन्धि तालिम दिईएको छ । उत्थानशिल जिबिकोपार्जन तथा सदृढ खाद्य सुरक्षा परियोजनाअन्तर्गत प्रयास नेपाल धादिङले खनियाबास गाउँपालिकासँगको समन्वय तथा सहकार्यमा २ दिने तालिम प्रदान गरेको हो । १७ जनाको सहभागिता रहेको सो तालिममा समूह ब्यबस्थापन,बैठक सञ्चालन, समूहको महत्व र आवश्यकता,नेतृत्व बिकास तथा क्षमता अभिबृद्धिसम्बन्धि सहजीकरण दिईएको मनिस तामाङले जानकारी दिनुभयो । पछाडि परेको समुदाय तथा बिभिन्न कूरिति कूसस्कारले झेलिएको समाज रुपान्तरणका लागि सबैजनामा चेतना र ब्यवहारमा परिवर्तन हुन जरुरी रहेको खनियाबास गाउँपालिका वडा नं.२ का वडा सदस्य बुधलाल तामाङको भनाई थियो ।