धादिङ
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा विल्डिङ इलेक्टिसियन र मेसन तालिम सुरु भएको छ । बैदेशिक रोजगारबाट फर्कीएका र विदेश जाने तयारीमा रहेका ६० जनाको सहभागितामा तालिम सन्चालन गरीएको प्रशिक्षक नरेश पौडेलले जानकारी दिनुभयो ।तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारीले सिपयुक्त मानिसले जहाँ गएपनि दुख नपाउने भन्दै सिप सिकेर आत्मनिर्भर बन्नको लागि आग्रह गर्नुभयो । वडा भित्रका युवाहरुलाई स्वरोजगारी कसरी बनाउने भन्नेतर्फ आफ्नो ध्यान गएको भन्दै उहाँले सिपसँग युवाहरुलाई जोड्नुपर्ने बताउनुभयो ।वडामा विभिन्न प्रकारका सिप सिकाईएको भन्दै उहाँले आगामी दिनमा पनि मागमा आधारित तालिमहरु सन्चालन गरिने बताउनभुयो । बैदेशिक रोजगार प्रबद्र्धन वोर्डको सचिवालयको आर्थिक सहयोग र ट्रेनिङ सेन्टर नेपालको साझेदारीमा तालिम सन्चालन गरिएको हो। २२ दिन सम्म सन्चालन हुने तालिममा विल्डिङ ईलेक्ट्रिसियनमा ४० जना र मेसनमा २० जनाको सहभागिता रहेको छ । तालिममा नीलकण्ठ नगरपालिका लगायत,सिद्धलेक,गजुरी,बेनिघाट र गजुरी गाउँपालिकाका युवाहरुको सहभागिता रहेको छ ।