धादिङ
थाक्रे गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम निर्माणबाट सम्बृद्ध थाक्रे सुखी थाक्रेवासी बनाउनको लागि थाक्रे गाउँपालिका भित्रका राजनीतिक दल तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लले अब आउने बजेट ,नीति ,कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धि केहि सारांसहरु राख्नु भएपछी बिभिन्न व्यक्तित्वहरुसँग छलफल गर्नुभएको थियो। उपस्थित सरोकारवालाहरुले थाक्रेलाइ अगाडी बढाउनको लागि आआफ्नो तर्फबाट सुझाबहरु राख्नुभएको थियो।थाक्रे गाउपालिकाका प्रमुख रामकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा मन्तब्य राख्नुहुदै पालिकाका उप प्रमुख यन्त्र बहादुर थापाले उपस्थित सबैले छलफलमा सहभागी भइ महत्वपूर्ण सुझाब राखेकोमा धन्यवाद दिदै अब बन्ने बजेट ,नीति तथा कार्यक्रम यहि सुझाबहरुको आधारमा बन्ने बताउनु भयो। कार्यक्रमका अध्यक्ष तथा पालिकाका प्रमुख रामकुमार आचार्यले महत्वपूर्ण छलफलमा सहभागी भइ कृषि , शिक्षा , स्वास्थ्य , खानेपानी , विकास निर्माण , सडक लगाएतको विषयमा आ आफ्नो तर्फबाट निकै महत्वपूर्ण सुझाबहरु राख्नुभएको भन्दै धन्यवाद दिनुभएको छ ।