गजुरी गाउँपालिका ६ आदमघाटदेखि मिलनटार चौतारा सडकको कालोपत्रे सुरु


  • दिव्यदर्शन
  • शनिबार, असार २ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ

गजुरी गाउँपालिका वडा नं.६ आदमघाटदेखि मिलनटार चौतारासम्म बाँकी रहेको सडकको कालोपत्रेको काम धमाधम भईरहेको छ ।सो सडकको यसअघि २.७ किलोमिटर कालोपत्रे भइसकेको थियो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको पहलमा प्रदेश अन्तर्गतको बजेटमा बन्न लागेको यो सडकले गाउँका मानिसहरुम खुसि छाएको छ ।बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले २०८१ साल मंसिर १८ गते कार्य सम्पन्न गर्नेगरी २०८० असार १३ गते नाना कन्स्ट्रक्सन प्रालि धादिङसँग सम्झौता गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web