ओभरटेक गर्ने कार जोगाउन खोज्दा बस त्रिशुलीमा खस्यो


  • दिव्यदर्शन
  • शुक्रबार, असार १ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै यात्रुबाहक बस त्रिशुली नदी किनारमा खस्दा २० जना घााइते भएको छ ।बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ आउँदै गरेको भे १ ख ४०६२ नम्बर बस र विपरीत दिशामा रहेको कार आज बिहान साढे ७ बजेतिर एकापसमा ठोक्किदा बस त्रिशुली नदी किनारमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनकी इन्सपेक्टर निरला भण्डारीले जानकारी दिनुभयो ।बस त्रिशुली नदी किनारमा खसे पनि कार भने सडक किनारमै छ ।कारमा सवार २ जना र बस चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ ।गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web