गर्मीबाट बचाउन बेनीघाट रोराङमा ३ दिन बिद्यालय बन्द रहने


  • दिव्यदर्शन
  • बिहिबार, जेष्ठ ३१ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
बेनीघाट रोराङ गाउँपालिकाले अत्याधिक गर्मी बढेकाले बिद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै ३ दिन बिदा दिने भएको छ ।
आज विहीबार गाउँपलिकाका प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरेद्धारा सूचना जारी गर्दै मिति जेष्ठ ३२ गते देखी असार ३ गते सम्म बिदा दिने भएकाले विद्यालयको पठन पाठन बन्द रहने गरि बिदा दिन पालिकाभरिका विद्यालयहरुलाई अनुरोध गरेको छ । विगत केही दिन देखी गर्मी बढ्दै जाँदा विद्यालयमा पठन–पाठन कार्य सकस पूर्ण हुँदै गएकोले स्थान विशेष मौसमको अवस्था आँकलन गरी आवश्यकता देखिएमा विद्यालय व्यवस्थापन समितिको स्वीकृति लिई बर्षे बिदाबाट कट्टी हुने गरी सबै विद्यालयहरुमा गर्मी बिदा दिने व्यवस्था मिलाउन अनुरोध गर्दै शिक्षा, युवा तथा खेलकुद शाखाबाट आयोजना भएको हस्तलेखन प्रतियोगिता भने यथावत सञ्चालन हुने बेहोरा समेत सूचना मार्फत जानकारी गराईएको छ ।बेनीघाट रोराङ गाउँपालिका परिसरमा बिहीबार ३६ डिग्रीसम्म तापक्रम मापन गरिएको छ ।

यस्तो छ बिज्ञप्तीः

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web