नेत्रावती डबजोङ गाउँपालिकाको अत्यन्त कम ०.०४% बेरुजु


  • दिव्यदर्शन
  • मंगलबार, जेष्ठ २९ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
नेत्रावती डबजोङ गाउँपालिकामा अत्यन्त कम बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनअनुसार गाउँपालिकाको कुल बजेट ५५ करोड ९९ लाख ९५ हजार ९ सय ५० रुपैयाँ लेखापरीक्षण गरिएको रकममध्ये ४ सय २५ अर्थात् शुन्य दशमलव शुन्य चार प्रतिशत बेरुजु देखिएको छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले आर्थिक अनुशासन र वित्तीय जवाफदेहितालाई मध्यनजर गर्दै कार्यसम्पादन गरिएकोले कम वेरुजु आएको बताउनुभयो ।महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनले देखाएको प्रतिबेदनअनुसार गाउँपालिकाको वित्तीय सु–शासनको अवस्थाको बारेमा सहजै अनुमान गर्न सकिने उहाँको भनाइ छ । कार्यसम्पादन मुल्याङकनमा पनि नेत्रावती डबजोङ गाउँपालिका धादिङको १३ स्थानिय तहमध्ये पहिलो र उत्कृष्ट बनेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web