रुवीभ्यालीमा महिलाहरुलाई ऊनको टोपी,चकटी,राडि बनाउने तालिम प्रदान


  • दिव्यदर्शन
  • मंगलबार, जेष्ठ २९ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
रुवीभ्याली गाउँपालिकामा २२ जना महिलाहरुलाई ऊनको टोपी,चकटी,राडि बनाउने सीप विकास तालिम दिएको छ । जेठ २६ गते देखि सञ्चालन भइरहेको तालिममा स्थानीय स्तरमा पाईने कच्चा पदार्थको प्रयोग गरि महिलाहरूको आयआर्जन बढाउने तथा संस्कृतिको संरक्षण गर्ने उदेश्यले उक्त तालिमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।रूवी भ्याली गाउँपालिका उद्योग तथा उद्यमशिलता विकास शाखाको आयोजनामा सञ्चालित युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ऊनको टोपी,चकटी,राडि बनाउने सीप विकास तालिमको आयोजना गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web