नीलकण्ठ नपा–८ मा निशुल्क स्वास्थ्य शिविर,४ सय ८० जना लाभान्वित


  • दिव्यदर्शन
  • आइतबार, जेष्ठ २७ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
नीलकण्ठ नगरपालिका वडा नं.८ को आयोजनामा सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ८० जनाले स्वास्थ्य परीक्षण गरिएको छ ।शनिबार वडाको प्राङ्गणमा जिल्ला अस्पताल धादिङ र सामुदायिक आँखा केन्द्र धादिङको प्राविधिक सहयोग, रोटरी क्लब अफ धादिङ, आधारभुत स्वास्थ्य संस्था रामकोटको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।शिविरमा दाँत सम्बन्धी परीक्षण, नाक कान घाँटीको परीक्षण, मुटुको ईसिजि, स्त्रीरोग तथा प्रशुती सम्बन्धी जाँच, आँखा लगायतका जनरल सेवाहरु विषयगत विशेषज्ञद्धारा स्वास्थ्य परीक्षण गरिएको थियो ।उक्त स्वास्थ्य शिविरमा प्रमुख अतिथिको रुपमा रहेका नगर उप–प्रमुख दिपक विश्वकर्माले शिक्षा, स्वास्थ्य, युवा लक्षित नागरिक रोजगारलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेर कार्य सञ्चालन गर्दै आएको अवस्थामा वडा कार्यालयले यस्ता निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी आम जनतालाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन सहयोग गरेकोमा ८ नम्बर वडालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।त्यस्तै वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले स्वास्थ्य क्षेत्रमा सबै ज्येष्ठ नागरिक, अपाङ्ग व्यक्ति, महिला, बालबालिका, दलित समूदाय लगायत लक्षित वर्गको स्वास्थ्यमा समान पहुँच पुर्याउन र गत वर्ष आखा शिविर गर्दा झन्डै २० जनाजति नागरिक आफ्नो अमुल्य दृस्टी गुमाउने हालतमा पुगेको पहिचान खुल्न आएकोले यस्ता स्वास्थ्य शिविरको झनै महत्व बढेर गएको हुँदा यो शिविर सञ्चालन गरिएको बताउनुभयो । आगामी दिनमा पनि स्वास्थ्यलाई प्राथमिकतामा राखेर निःशुल्क नागरिकमैत्री स्वास्थ्य शिविर आयोजना गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठको अध्यक्षता, नगर उप–प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त शिविरमा स्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झा, जिल्ला अस्पताल धादिङका विशेषज्ञ डाक्टरहरु, नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद रिजाल लगायत जनप्रतिनिधीहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु र उल्लेख्य मात्रामा स्थानीयको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web