गजुरी गाउँपालिकाद्धारा प्राविधिक बिषय अध्ययनरत बिद्यार्थीहरुको बार्षिक भर्ना शुल्क प्रदान


  • दिव्यदर्शन
  • शनिबार, जेष्ठ २६ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
गजुरी गाउँपालिकाले प्राविधिक बिषय अध्ययन गर्ने १५ जना बिद्यार्थीहरुको बार्षिक भर्ना शुल्क प्रदान गरिएको छ ।
धादिङ पोलिटेक्निक स्कूलमा अध्यनरत १५ जना पशु बिज्ञान र वाली बिज्ञानका विद्यार्थीहरूको वार्षिक भर्ना शुल्क अभिभावकहरुको उपस्थितिमा शिक्षालयका प्रमुख रविराज भण्डारीलाई चेक हस्तान्तरण गरिएको गजुरी गाउँपालिका अध्यक्षको सचिवालयले जनाएको छ ।गजुरी गाउँपालिकाले धादिङ पोलिटेक्निकमा अध्ययन गर्ने सबै बिद्यार्थीहरुको भर्ना शुल्क दिँदै आएको छ । गजुरी गाउँपालिकाबाट भर्ना भएका सबै बिद्यार्थीहरुले यो सुबिधा पाउने गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।चेक हस्तान्तरण कार्यक्रममा गजुरी गाउँपालिकाका वडा अध्यक्षहरु तारानाथ भण्डारी, गोविन्द लामिछाने, बद्री प्रसाद जम्कटेल, देवराज ओझा र स्रोत शिक्षक सुजन भण्डारी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web