धादिङ
बेनिघाट रोराङ गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको आयोजनामा ताल्तिमा चेपाङ समुदायको उत्थानको लागि चिउरी र चमेरो संरक्षण अभियान नामक पुस्तिकाको विमोचन गरीएको छ।सो अवसरमा कार्यक्र्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्तब्य राख्नुहुदै वातावरण संरक्षणको लागि तीनै तहको सरकार मिल्नुपर्ने बताउनु भएको छ । वातावरण संरक्षणमा ध्यान दिन नसके भोलीको दिनमा मानव जातीले ठुलो क्षती भोग्नुपर्ने उहाँले बताउनुभयो। चिउरी र चमेरो संरक्षण अभियान नामक पुस्तिका बिमोचन गर्नुहुदै मुख्यमन्त्री कट्टेलले चेपाङ समुदायको उत्थानको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।सिमान्तकृत चेपाङ समुदायको जिविकोपार्जन गर्न,चिउरी र चमेरोको संरक्षण गर्नको लागि प्रदेश सरकारले कार्यक्रम ल्याएको बताउनुभयो ।डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आर्चायद्वारा लिखित पुस्तकको विमोचन गरीएको हो। कार्यक्रमलाई सम्बोधन गर्नुहुदै डिभिजन बन कार्यालय धादिङका प्रमुख आचार्यले चेपाङ समुदायको उत्थान र जिविकोपार्जनको लागि यस्तो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।चेपाङ समुदायको उत्थानको लागि चिउरी र चमेरो संरक्षण अभियान अन्तरगत भएको उक्त कार्यक्रममा पालिका अध्यक्ष कृष्णबहादुर थपलियाले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई चिउरी खुवाएर स्वागत गरेका थिए ।प्रदेश सरकारद्वारा यस वर्ष बेनीघाट रोराङ गाउँपालिकाले प्रदेशबाट आएको ७ लाख ७५ हजार र त्यसमा पालिकाले २०५ थप गरी ९ लाख ४५ हजार खर्च गर्ने गरि चिउरी चमेरो संरक्षण कार्यक्रम भईरहेको कार्यक्रमका सभापति समेत रहेका पालिका अध्यक्ष थपलियाले बताउनुभएको छ।यस वर्ष बेनीघाट रोराङले चिउरीको विरुवा खरिद तथा ढुवानीका लागि ४ लाख, चिउरी विरुवा नर्सरी स्थापनाका लागि ३ लाख, सामाग्री, प्रकाशन, उत्पादन, पाठ्यक्रमको विकासका लागि १ लाख, संरक्षणका लागि बालक्लव १ लाख र विविधमा खर्च ४५ हजार खर्च गर्ने तयारी गरेको छ ।मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया,उपाध्यक्ष टाप बहादुर श्रेष्ठ,डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आर्चाय,शाखा अधिकृत निर्मला घिमिरे, बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।विश्व वातावरण दिवस २०८१ को अवसर पारेर पुस्तिका विमोचन गरिएको हो।