
धादिङ
बैरेनीस्थित आयाम ईङिलस स्कुलमा प्राथमिक उपचारसम्बन्धि बिद्यार्थी बालबालिकाहरुलाई प्रयोगात्मकसहित जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बिद्यालयका अध्यक्ष बिकास कोइरालाले हरेक मानव जिबनमा आवश्यक र नसिकी नहुने स्वास्थ्य र घरेलु उपचारसँगसँगै प्राथमिक उपचार बिधि हो ।हरेक मानवसँग जोडिने स्वास्थ्य र शिक्षा हाम्रो जिवनमा अपरिहार्य रहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा स्वास्थ्यकर्मी रन्जित सिलवालले प्राथमिक उपचार भनेको के हो, यो कसरी गरिन्छ। सामान्य चोटपटक,दुर्घटना, आगोले पोल्दा, अन्य रोग आदिले बिरामी पर्दा अस्पतालसम्म कसरी पुर्याउन सकिन्छ भन्ने कुरा प्रयोगात्मक शैलीबाट बिद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो ।साथै पहिलो उपचार आफ्नै भान्छाघरबाट सुरुवात गर्न पनि सुझाब दिनुभयो ।कार्यक्रममा बिद्यालयका प्रद्यानाध्यपक,ब्यबस्थापक ममता अर्यालले यस्तो जिवन उपयोगी कुरा सिक्न पाएकोमा स्वास्थ्यकर्मी सिलवाललाई धन्यबाद दिनुभयो ।